इटहरी : पैसा बाँडफाँटमा कुरा नमिल्दा तीनजना व्यवसायीको एकै समूहबाट हत्या भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरको बस्ती नजिकको उखुबारीमा सुनसरीको धरान उपमहानगरपालिका ३ घर भइ भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र शम्भु चौधरीको शव फेला परेको थियो ।
श्रेष्ठ जग्गा कारोबारी हुन् । उनी मङ्सिर ४ गते व्यवहार मिलाउन भन्दै भक्तपुरबाट हिँडेका थिए । २५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।
तीन जनाको हत्यामा संलग्न रहेका तीनजनालाई पक्राउ गरी मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ स्थायी घर भइ हाल काठमाण्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल र उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका ४ स्विनीका २९ बर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ बर्षीय नासिर आलम रहेका छन् ।
सोही ठाउँदेखि ३० मिटर पूर्व उखुबारीमा १३ गते सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ४ का शम्भु चौधरीको शव फेला परेको थियो । ‘दुई दिनको अवधिमा दुई खाल्डामा शव भेटिएपछि तालिमप्राप्त कुकुरसहित घटनास्थलमा गएर हामीले अनुसन्धान सुरु गरेका थियौँ,’ एसपी जिसीले भने, ‘मोरङमै दुईको शव भेटिएपछि माघ २० गते ललितपुरको गोदावारीमा पनि अर्को शव भेटिएपछि गम्भीर अनुसन्धान गरी तीनजनालाई पक्राउ गरेका छौँ ।’
एसपी जिसीका अनुसार माघ २० गते प्रहरीले ललितपुरको गोदावारी नगरपालिका १२ ठेचो चरंगखेलस्थित गोदाम घर रहेको कम्पाउण्ड क्षेत्रमा तेह्रथुमको संक्रान्ति २ घर भइ हाल काठमण्डौं ८ गोठाटार बस्दै आएका मोहन लिम्बुको पनि शव फेला पारेको थियो ।
तीन जनाको हत्यामा संलग्न रहेका तीनजनालाई पक्राउ गरी मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ स्थायी घर भइ हाल काठमाण्डौं बल्खु बस्दै आएका अनिलकुमार मण्डल र उनका दुई सहयोगी मोरङ जहदा गाउँपालिका ४ स्विनीका २९ बर्षीय अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान ७ कमलपुर पश्चिम टोलका ६२ बर्षीय नासिर आलम रहेका छन् ।
पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरूलाई शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ परेका ३ जना मध्ये अनिलकुमार मण्डल हत्याका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । उनी मृतक ३ जनाको व्यवसायिक साझेदार हुन् । उनले अन्यको सहयोग लिएर ३ जनाको हत्या गरेको खुलेको छ । मण्डलले हत्यामा भारतीय नागरिकहरुलाई पनि प्रयोग गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ, पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्, गाड्नको लागि खाल्डो र मान्छेहरू तयार बसिरहेका थिए, त्यसपछि शवलाई गलाउनका लागि नुनको पनि प्रयोग भएको देखिन्छ ।’
व्यवसायिक कामको शिलशिलामा मृतक राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र पक्राउ परेका अनिलकुमार मण्डल गत मंसिर २८ गते विराटनगर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए । उनीहरू विराटनगर आउनुभन्दा पहिल्यै
ललितपुरका मोहन लिम्बुको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
यस्तै, विराटनगर आएको दुईदिन अन्तरमा राजेन्द्र र शम्भुको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मोरङ प्रहरीका अनुसार राजेन्द्रको हत्या पुष ५ गते भएको थियो भने शम्भुको हत्या पुष ७ गते भएको थियो ।
‘यस विषयमा धेरै कुराहरू छन्, तीन जना नियन्त्रणमा लिएका छौं,’ एसपी जिसीले भने, ‘पैसाकै लागि हत्या भएको देखिन्छ । आर्थिक कारोबार र पैसा बाँडफाँटमा कुरा नमिलेको हो ।’
उनका अनुसार मान्छे नै बोलाएर हत्या गरेकाले यो ठूलो समूह रहेको हुनसक्ने भएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उनले भने, ‘उनीहरूले जग्गादेखि विभिन्न आर्थिक कारोबार गर्ने गरेको देखिन्छ । विभिन्न कम्पनी खोलेर काम गरेको देखिन्छ । सोधपुछ गर्दा कोही भर्खर–भर्खर जोडिएको कोहीचाहिँ लामै समयदेखि सँगै काम गरेको देखिन्छ, यसको ठूलै समूह रहेको हुनसक्ने अनुमान गरेका छौँ ।’
योजनाबद्व रूपमा हत्या
पैसा बाँडफाँटमा कुरा नमिल्दा तीनजना व्यवसायीको एकै समूहबाट हत्या हुनुले उनीहरूको हत्या योजनाबद्व रूपमै भएको एसपी जिसीले बताए ।
‘हत्या गर्दा उनीहरूले योजनाबद्ध रूपमै गरेको देखिन्छ, पहिले उनीहरूले हत्या गर्नुपूर्व नै कहाँ गाड्ने भनेर योजना बनाए,’ उनले भने, ‘त्यसपछि घाँटीमा कसेर हत्या गरेको भनेका छन्, गाड्नको लागि खाल्डो र मान्छेहरू तयार बसिरहेका थिए, त्यसपछि शवलाई गलाउनका लागि नुनको पनि प्रयोग भएको देखिन्छ ।’
प्रहरीका अनुसार उनीहरूले झापामा ५० करोडमा जग्गा बैना गरेका थिए । डेढ करोडभन्दा बढी कमिसन आउने कारोबारमा आफूलाई निकाल्न खोजेपछि असन्तुष्ट बनेका अनिलले मङ्सिर २८ गते नै लिम्बूको हत्या गरेर विराटनगर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘जग्गा उकासिदिएबापत उनीहरूले डेढ करोड जति कमिसन पाउँदै थिए, कमिसन डिलका लागि काठमाडौँबाट आएका मान्छे होटल रत्नामा बसेको देखिन्छ,’ उनले भने, ‘सबै रकम हत्याउन अनिलले योजनाबद्ध रूपमा हत्या गरेको देखिन्छ ।’














Discussion about this post