इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेलले रेडक्रसलाई दुई थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा तरहरा र खनार उपशाखालाई एक–एक थान एम्बुलेन्स सहयोग गर्ने भएका हुन् ।
पौडेलले गत वर्ष नै एम्बुलेन्स सहयोग गर्ने उद्घोष गरेपनि अहिले इटहरीमा एम्बुलेन्स आइपुगेको पौडेलले बताए ।
इटहरीका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर पौडेलले एम्बुलेन्स सहयोग गरेको बताए । एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिने बताइएको छ ।
पौडेलले ३६ लाख रुपैयाँमा दुई थान एम्बुलेन्स खरिद गरेको बताइएको छ ।












Discussion about this post