इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १३ खनारकी ४१ वर्षीया सीताकुमारी कटवालले आफ्नो जीवन बचाइदिनका लागि सहयोगको याचना गरेकी छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचाररत उनले आफ्नो जीवन बचाइदिनका लागि सहयोगको याचना गरेकी हुन् । गत पौष १६ गते विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा पित्त थैली र पित्त नलीमा पत्थरी भएकाले अप्रेसन गरिएको थियो ।
सीताकी दिदी मञ्जुकुमारी कटवालका अनुसार विराट अस्पतालमा एमआरआई गराएपछि डाक्टर रोहित यादवले पित्त थैली र पित्त नलीमा ढुङ्गा रहेको र तुरुन्तै अप्रेसन गर्नुपर्छ भनेर भनिएपनि सफल अप्रेसन नगरेकाले अहिले वीपी प्रतिष्ठानमा उपचार गराइराखिएको छ ।
‘विराटनगरमा अप्रेसन गर्नेबित्तिकै धरानमा रेफर गरियो, हदैसम्मको लापरबाही भएकाले अहिले जीवन र मरणको दोसाँधमा छटपटाइरहेका छौँ,’ उनले भनिन्, ‘केही साता घोपामै उपचार गरिएपछि घर लगेको साता दिनमै शरीरमा इन्फेक्सन भएकाले अहिले फेरि यहीँ उपचाररत छौँ, आर्थिक अभावले पनि सकस भइरहेको छ ।’
गत पौष १६ गते अप्रेसन गरेर १७ गते वार्डमा सारिएको थियो । तर, १९ गते नै आइसियुमा राखेर फेरि २८ गते निकालिएपछि विराट टिचिङले धरान रेफर गरेको उनले बताइन् ।
‘डाक्टरकै लापरबाहीका कारण बिरामीको अवस्था यस्तो भयो, एउटै अस्पतालमा उपचार भइराखेको भएपनि अलग कुरा हुन्थ्यो,’ उनले भनिन्, ‘आर्थिक अभाव न्यून भएका कारण पनि जीवन मरणको दोसाँधमा छौँ ।’
परिवारका अनुसार आर्थिक अभाव कमजोर भएका कारण अहिले उपचारमा समस्या भएकाले सहयोगको याचना गरिएको छ ।
बिरामीका लागि धेरै खर्च लाग्ने भएकाले सहयोग गर्नका लागि अपिल गरिएको छ ।
सहयोगका लागि ९८२४३५०४२५ र ९८१८१३६६३१ मा सम्पर्क गर्न सकिनेछ ।














Discussion about this post