इटहरी : इटहरी उपमहानगरपालिकामा दुईदिनमै छ वटा आधारभूत अस्पताल उद्घाटन गरिएको छ ।
सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो ।
इटहरी १०, ११ र १३ मा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले नवनिर्मित स्वास्थ्य इकाई भवनको उद्घाटन गरे ।
उनले आधारभूत सेवा लिन गाँउका जेष्ठ नागरिक, महिला, बालबालिका लगायतले टाढा जाननपर्ने बताए । नियमित स्वास्थ्य परीक्षण गर्न समेत उनको आग्रह थियो ।
उपप्रमुख लक्ष्मी गौतमले संघीयता कार्यावन्यन गर्ने क्रममा इटहरी उपमहानगरपालिकाबाट भएका विकासका काम जनताले प्रत्याभूति गर्ने बताइन् ।
वडा नम्वर १० मा वडाध्यक्ष प्रकाश चौधरी, ११ मा वडाध्यक्ष रुपेश चौधरी र १३ मा वडाध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।
यसअघि वडा नम्वर १८, १९ र २० मा स्वास्थ्य इकाई भवन उद्घाटन गरिएको थियो ।














Discussion about this post