मोरङ : मोरङको ग्रामथानमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार दिउँसो मोतिपुर–तेतरिया सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१२० नम्बरको ट्रिपरले को २९ प ९५६० नम्बरको मोटसाइकललाई दिउँसो २ः३० बजेतिर ग्रामथान गाउँपालिका ४ मा ठक्कर दिएको थियो ।
दुर्घटनामा ग्रामथान ४ का २५ वर्षीय सुदीप विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान ४ का २५ वर्षीय विवेककुमार माझी थारु घाइते भएका छन् ।
प्रहरीले ट्रिपर चालक कटहरी गाउँपालिका २ का ५३ वर्षीय आनन्दकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post