तरहरा : इटहरी उपमहानगरपालिका वडा नं २० तरहरामा तीन सय जनालाई कोरोनाविरूद्वको बुस्टर डोज खोप लगाइएको छ ।
वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार सैनिक अस्पताल इटहरी ब्यारेकसँगको सहकार्यमा यहाँका तीन सय जनालाई शनिबार (आज) कोरोनाविरूद्वको बुस्टर डोज खोप लगाइएको हो ।
तरहरा प्राथमिक स्वास्थ्य केन्द्रमा आज खोप लगाइएको श्रेष्ठले बताए । यसअघि पहिलो र दोस्रो डोज लगाएर छ महिना पूरा भएकाहरूलाई खोप लगाइएको उनको भनाइ छ ।
यस्तै, वडाबासीले पहिलो खोप पनि नलगाएकाहरूलाई केही समयभित्रै खोप उपलब्ध गराइने उनले बताए ।














Discussion about this post