इटहरी: मोरङको कानेपोखरी गाउँपालिका ३ राजगञ्जमा बस्ने ६४ वर्षीय गोपीलाल कोइराला हराएका छन् ।
आइतबार (हिजो) बिहान ६ बजेदेखि घरबाटै सम्पर्कबिहीन बनेका उनको खोजीका लागि परिवारले अपिल गरेका छन् ।
आफ्नो मोबाइल घरमै छोडेर घरदेखि निस्केका कोइरालालाई स्थानीयले घरदेखि डेढ किलोमिटर उत्तरमा रहेको जय नेपाल चोकसम्म देखेको बताए ।
उनका छोरा रोशन कोइरालाका अनुसार उनले कालो र सेतो रङ्गको ज्याकेट, कालो पेन्ट, कालोसेतो रङ्गको उनीको सर्ट, कालो रङ्गको गोल्डस्टार जुत्ता र गलबन्दी लगाएका छन् ।
कसैले भेटेमा ९८०७०८०१९२ मा वा ९८२४३९५०२३ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यलयमा खबर गरिदिन परिवारको अपिल छ ।












Discussion about this post