धरान : धरानमा तेस्रो अन्तर कर्मचारी मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद विकास समितिको संयोजनमा वडा नं. १३ स्थित संघीय इकाई प्रहरी कार्यालयको ब्याडमिन्टन कोर्टमा सोमबारबाट सुरु भएको प्रतियोगिता मंगलबार (आज) सम्पन्न भएको हो ।
ब्याडमिन्टन प्रशिक्षक देवेन्द्र खड्काका अनुसार प्रतियोगिता तीन क्याटोगोरीमा खेलाइएको थियो । पुरुष डबलतर्फ रामकुमार माबो र कुमार राई प्रथम, किशोर अधिकारी र सत्यनारायण राई द्धितीय, राजेन्द्र राई र दीपक मगर, रमेश राई र राजीव राई तृतीय भए ।
यस्तै, महिला डबलतर्फ स्वेता राई र ईच्छा मगर प्रथम, लक्ष्मी तामाङ र एलिशा राई द्धितीय, मीना कुलुङ र सरस्वती सुनुवार, दीपिका कार्की र मन्नु राई तृतीय भइन् ।
यस्तै, पुरुष डबलतर्फ नै अर्जुन राई र संजीव राई प्रथम, रोशन घिमिरे र मुकेश पोख्रेल द्धितीय, समीर पौडेल र बसन्त चन्द, प्रदीप बस्नेत र यज्ञ यादव तृतीय भए ।
पुरुष र महिलातर्फका प्रथम, द्धितीय तृतीय भएका खेलाडीले पुरस्कार बापत क्रमशः नगद ६ हजार, ३ हजार, २–२ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । विजेता खेलाडीहरुलाई मेयर तिलक राईले पुरस्कार वितरण गरेका थिए ।
मेयर राईले विजेता खेलाडीहरूलाई बधाई तथा शुभकामना दिदै शरीरलाई चुस्त दुरुस्त राख्न दैनिक शारीरिक व्यायाम गर्न सुझाव दिए ।











Discussion about this post