Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमसीसीबारे नकारात्मक भ्रम फैलाइयो : कांग्रेस नेता मीन विश्वकर्मा (भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २९, २०७८
in समाचार
0
एमसीसीबारे नकारात्मक भ्रम फैलाइयो : कांग्रेस नेता मीन विश्वकर्मा (भिडियोसहित)
134
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अनावश्यक र नकारात्मक भ्रम फैलाइएको बताएका छन् ।

आइतबार सुनसरी जिल्ला पार्टी कार्यालय इनरुवामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत भएको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमसीसीबारे नकारात्मक भ्रम फैलाइएको बताएका हुन् ।

‘अमेरिकाको सुरक्षा नीति अनुसार नेपाल चल्नुपर्छ, संविधानभन्दा माथि एमसीसी हुन्छ भन्नेजस्ता नकारात्मक भ्रम फैलाइयो,’ उनले भने, ‘एमसीसीका प्रत्येक बुँदा एकपटक पढ्नुहोस्, यो विकासको परियोजना बाहेक अरु केही होइन ।’

अझैपनि जनतासमक्ष एमसीसीबारे अनावश्यक भ्रम रहेको र यो भ्रमलाई चिरेर एमसीसीबारे जनतालाई बुझाउनुपर्ने बताए ।

उनले आगामी निर्वाचन अगाडि जनताको घरघरमा गएर एमसीसीबारे भएका भ्रम बुझाउनुपर्ने र कांग्रेसले गरेका विकासको प्रचार गर्नुपर्नेम जोड दिए ।

पूर्व मन्त्रीसमेत रहेका विश्वकर्माले आउँदै गरेको स्थानीय निर्वाचन दलहरूबीचको प्रतिष्पर्धा रहेका कारण कांग्रेस एक हुनुको विकल्प नरहेको बताए । उनले भने, ‘निर्वाचन दलहरूबीचको प्रतिष्पर्धा हो, त्यसकारण कांग्रेस एक हुनुको विकल्प छैन, निर्वाचन भनेको शान्तिपूर्ण युद्व हो, यहाँ गोली चल्दैन, यहाँ बोली चल्छ ।’

उनले निर्वाचन भनेको शान्तिपूर्ण युद्व रहेकाले सभ्य ढङ्बाट निर्वाचनमा होमनुपर्ने आवश्यक रहेको तर्क राखे । आइतबारदेखि देशभर सुरु भएको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रम सुनसरीमा पनि सुरु भएको छ ।

सुनसरीका लागि कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल प्रतिनिधि भएर खटिएका छन् । २९ फागुनबाट २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियान सञ्चालन गर्न लागिएको हो ।

सरकारले आगामी ३० वैशाखका लागि स्थानीय तह निर्वाचन मिति तय गरिसकेको छ । अभियानका लागि कांग्रेसले मंगलबार ७७ वटै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि तोकेको छ ।

अभियानमार्फत कांग्रेसले संगठन सुदृढीकरण गर्दै हालसम्म आफ्नो सरकारका पालामा गरेका काम, ‘राजनीतिक र आर्थिक गतिविधि’ अभियानमार्फत मतदातालाई जानकारी दिने तयारी गरेको हो ।

भिडियो

Tags: #कांग्रेस#नेपाली कांग्रेसमीन विश्वकर्माराजनीति
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1244 shares
    Share 498 Tweet 311
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.