इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले होली पर्व मर्यादापूर्वक मनाउन सूचना जारी गरेको छ ।
यही फागुन ४ गते तराई जिल्लामा होली पर्व रहेकाले यसलाई मर्यादित भएर मनाउनका लागि प्रशासनले सूचना जारी गरेको जनाएको छ ।
नजिँकिँदै गएको सन्दर्भमा चाडलाई भव्य र मर्यादित बनाउन सुनसरी जिल्लाबासीलाई आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै प्रशासनले होलीको शुभकामना पनि दिएको छ ।
चाडपर्व मनाउने नाममा कसैको इच्छाविपरीत रंग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रंग लगाउने, नशालु पदार्थ खुवाउने, जिस्काउने तथा सार्वजनिक स्थलमा होहल्ला गर्ने कार्य नगर्नका लागि सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।

यस्तै, चर्को स्वरमा डिजे बजाउने देखि लिएर कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका अवाञ्छित क्रियाकलाप नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै पर्व मनाउन जिल्ला प्रशासनले अनुरोध गरेको छ ।
अवाञ्छित क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही समेत हुने बताइएको छ ।














Discussion about this post