झापा : स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले झापा जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्न सो हातहतियार नजिकको प्रहरी एकाईमार्फत् जिल्ला प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरे । उनले सो हातहतियार निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिए ।














Discussion about this post