झापा : झापामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बिर्तामोड नगरपालिका १ मा पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४७१५ नम्बरको बोलेरोले ठक्कर दिँदा कमल गाउँपालिका ५ का ६० वर्षीय बालकृष्ण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीले राति ८ः४५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा राति ९ः४५ बजेतिर मृत्यु भएको हो।
प्रहरीले बोलेरो र चालक इटहरी उपमहानगरपालिका ५ का २७ वर्षीय कृष्ण धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post