इटहरी : ठगीको आरोपमा इटहरीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार एउटै सवारी साधन देखाएर बिभिन्न ब्यक्तिहरूबाट ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको गौरीगञ्ज ३ घर भइ हाल इटहरी ४ बस्ने २५ वर्षीय निलेशकुमार अग्रवाल रहेका छन् ।
गत कात्तिक २३ गतेसहित विभिन्न मितिमा इटहरी ४ बस्ने सुरेश राई र अन्य विभिन्न ब्यक्तिबाट नगद तथा मोबाइल बैँकिङबाट सस्तो मूल्यमा कम्पनीबाट सवारी साधन उपलब्ध गराईदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
फरक–फरक मितिमा पीडितहरूबाट चेक तथा बैकिङ सेवाबाट समेत रकम लिइ पच्चीस लाख रुपैयाँ बाबरको ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको कार्कीले बताए ।
ठगी गरी फरार रहेका उनलाई इटहरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post