इटहरी : इटहरीबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर बास्तिम ८ बस्ने २० वर्षीय सुरज विक रहेका छन् । उनलाई इटहरी ६ स्थित धरान बस स्टेण्ड नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट फेनारगन १० एम्पुल, एभिल १० एम्पुल, लुपिजेसिक १० एम्पुल र डाइज्ल्याब १० एम्पुले बरामद गरिएको छ ।
पक्राउ परेका उनीमाथि लागूऔषध ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post