ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ११ मा कुटपिटबाट एक महिलाको हत्या भएको छ ।
बैशाख २ गते बिहान ८ बजे स्थानीय ५४ वर्षीया कुमारी काङंबा लिम्बूले सोही ठाउँकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गरी हत्या गरेकी हुन् ।
कुटपिटबाट घाइते भएकी सार्कीको बिहीबार (आज) बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको छ ।
हत्या अभियोगमा पक्राउ परेकी लिम्बूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post