ओखलढुंगा : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा एमालेले उम्मेद्बारको टुंगो लगाएको छ ।
गाउँपालिका अध्यक्षमा रामबहादुर खत्रीले टिकट पाएका छन् भने उपाध्यक्षमा कमला सुनुवारले टिकट पाएका छन् ।
नेकपा एमाले ओखलढुंगाका युवा नेता सन्तोष खड्काका अनुसार यहाँको ९ वटै वडामा उम्मेद्बार टुंगो लगाएको छ ।
उनका अनुसार वडाध्यक्षहरूमा १ नं. वडामा टीका श्रेष्ठ, २ मा अखम तामाङ, ३ मा नरेन्द्र सुनुवार, ४ मा पुरन तामाङ, ५ मा सुदर्शन सुनुवार, ६ मा छत्र तामाङ, ७ मा बलिराज गुरुङ, ८ मा टीका गरुङ र ९ मा प्रेमरेन्जी शेर्पालाई उम्मेद्बार बनाउने निर्णय भएको छ ।














Discussion about this post