इटहरी : इजाजत बिना क्लिनिक सञ्चालन गर्ने एक पुरुषलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ स्थित शिशिर टोलमा कोठाभाडामा करीब दुई महिना अगाडिदेखि बिना इजाजत क्लिनिक सञ्चालन गर्दै आएका पुरुषलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत वेष्ट बंगाल नर्थ २४ परगनारा घर बताउने २८ वर्षीय सुजित राय रहेका छन् ।
उनले बिना इजाजत पाईल्स, फिसर, फिस्टुला सम्बन्धि सार्थक उपचार क्लिनिक प्रा.लि. सञ्चालन गरेर बिरामीको उपचार गरी औषधि समेत बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोली र औषधि व्यवस्था विभाग कार्यालय विराटनगरको मेडिकल अधिकृत समेतको संयुक्त टोलीले रायलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post