इटहरी : इटहरीमा जनता समाजवादी पार्टीका २७ जना कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् ।
पार्टी जनताको मर्म र भावना विपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै जनता समाजवादी पार्टीको सुनसरी जिल्ला कार्यसमिति सदस्य तथा समाजवादी उद्योग वाणिज्य महासंघ इटहरी उपमहानगर कार्यसमिति संयोजक इन्द्रमाया आङ्गबुहाङ्गसहित २७ जनाको समूहले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरूमा इटहरी उपमहानगर महिला समिति सचिव मीना शेर्पा लगायत छन् ।
विज्ञप्तीमा भनिएको छ–‘जातजाती, लैंगिक, क्षेत्रिय वर्गीय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्याय दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरू नै आफैँ अन्याय गर्न उदत्त देखिएको पाईयो ।’














Discussion about this post