Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

‘मलाई समवेदना र झण्डा नओढाउनु’ भनिएको सुसाइट नोट लेखेर रामधुनीमा वडाध्यक्षका उम्मेदवारले गरे आत्महत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०७९
in समाचार
0
‘मलाई समवेदना र झण्डा नओढाउनु’ भनिएको सुसाइट नोट लेखेर रामधुनीमा वडाध्यक्षका उम्मेदवारले गरे आत्महत्या
421
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवारले सुसाइट लोट लेखेर झुुण्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार शनिबार बिहान घर नजिकैको आँपको रुखमा स्थानीय ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

‘म आफैँ पनि घटनास्थल पुगेको थिएँ, प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या नै हो भन्ने खुलेको छ,’ एसपी थापाले टाकुरासँग भने, ‘हामीले झुण्डिएको स्थान नजिकै सुसाइट नोट फेला परेका थियौँ ।’ उनका अनुसार सुसाइट नोटमा म आफैँ झुण्डिएको र घटनाबारे अनुसन्धान नगर्न भनिएको थियो ।

मृतक पौडेलको शव अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

उनका अनुसार यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पौडेल रामधुनी ८ को वडाध्यक्षको स्वतन्त्र उम्मेदवार थिए ।

‘राति सँगै श्रीमतीसँग सुतेको र २ बजेतिर उठेर खोज्दा बिहान मात्रै मृत फेला पारिएकाले प्रहरीलाई खबर भयो,’ एसपी थापाले टाकुरासँग भने, ‘सुसाइट नोटमा भनिएको छ, यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू, पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु ।’

उनी यसअघि ०७४ को निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएको र यसपटक पनि टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा वडाध्यक्ष्मा उम्मेदवारी दिएका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको आन्तरिक विवादकाबीच पौडेलले मानसिक सन्तुलन गुमाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको खुलेको उनले बताए । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतककी श्रीमती विमला पौडेलले भने उम्मेदवारी फिर्ता लिन बारम्बार धम्की आउने गरेको र त्यसैको कारण यस्तो घटना भएको आरोप लगाएकी छन् ।

‘बैशाख २१ गते २४ घण्टासम्म बेपत्ता भएकाले अपहरणमा परेको हामीले बुझेका थियौँ, उनले भनिन्, अपहरण गरेर भारत पु¥याई छाडेको रहेछ । त्यहाँबाट फिर्ता आएपछि झुम्काबाट दिउँसो १ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बयानका लागि भनेको भन्दै प्रहरीले लगेको हो । प्रहरीले के बयान लियो थाहा छैन ।’

उनका अनुसार प्रहरी कार्यालयबाट बयान दिएर घरमा आएपछि अब यो ठाउँमा बस्न उचित छैन भन्दै पौडेलले भनेपनि आधिकारिक कारण भने खुलेको छैन ।

Tags: #आत्महत्या#रामधुनी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
FEATURE BREAKING

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

by रासस
कार्तिक ३, २०८३
0

भोजपुर : दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ...

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    220 shares
    Share 88 Tweet 55
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.