झापा : १ नं. प्रदेश सुरक्षा समितिद्वारा झापामा अनुगमन गरिएको छ ।
प्रदेश प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरूबाट झापाको कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका क्षेत्रका अति संवेदनशील मतदानस्थल तथा मतगणनास्थलहरूको स्थलगत अनुगमन गरिएको हो ।
आन्तरिक मामिला मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी, सहायक प्रहरी नायब महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक, नेपाली सेना २ नं. बाहिनी इटहरीका निमित्त बाहिनिपति सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनपश्चात जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा निर्वाचन सुरक्षा सम्बन्धी अन्तरक्रियात्मक छलफल कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
उक्त छलफल कार्यक्रममा प्रदेश प्रमुख सचिव घिमिरेले सबै सुरक्षा निकायहरूले सामूहिक र परस्पर समन्वय एवम् सहकार्यबाट स्थानीय तहको निर्वाचन २०७९ लाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन दिए ।














Discussion about this post