झापा : झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार बिहान झापाको धरमपुरमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बिहान साढे ७ बजे शिवसताक्षी नगरपालिका १ धरमपुरस्थित कमल पुलनजिक पश्चिमबाट पूर्व आउँदै गरेको को १ ख ७१८७ नम्बरको बसले विपरीत दिशाबाट पश्चिम जाँदै गरेको प्र–१–०२–०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय भोजपुरमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङ पथरी शनिश्चरे नगरपालिका ८ निवासी २५ वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिका ८ बस्ने २३ वर्षीय टिचोहाङ राईको मृत्यु भएको हो ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post