इटहरी : इटहरीमा मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार इटहरी ५ बाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी ५ बस्ने उज्ज्वल परियार र सन्दीप परियार रहेकान छन् ।
उनीहरूले स्थानीय दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको यामाहा कम्पनीको को ३४ प ४०५६ नम्बरको मोटरसाइकल जेठ १२ गते राति १ बजे चोरी गरेको प्रहरी निरीक्षक खड्काले बताए ।
मोटरसाइकल चोरी गरेर फरार भएका उनीहरूको खोजतलास गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post