इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका २ मेहेताटोलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
शुक्रबार (आज) दिउँसोको समयमा छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुँदा करेन्ट लागेर स्थानीय ४० वर्षीय जीवानन्द मेहेताको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post