इटहरी : इटहरी उपमहानगरपालिका ४ जनता टोलबाट पेस्तोल र लागूऔषधसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पेस्तोलसहितका व्यक्तिहरूले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी ४ का १९ वर्षीय धनबहादुर राई, २७ वर्षीय टीका राई र इटहरी ५ का २८ वर्षीय धनबहादुर राई रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले लेबल नलागेको लागूऔषध २४ एम्पुल र मेड इन युएसए लेखिएको पेस्तोल १ थान र सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको इटहरी प्रहरीले जनाएको छ ।
लागूऔषध तथा पेस्तोलसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post