इटहरी : इटहरीमा १८ दिनदेखि एक किशोरी बेपत्ता भएकी छन् ।
इटहरी १५ की १६ वर्षीया अस्मिता चौधरी १८ दिनदेखि बेपत्ता भएकाले परिवारजनले खोजीका लागि अपिल गरेका छन् । उनी गत बैशाख ३० गते अर्थात मतदानको दिनदेखि बेपत्ता भएकी हुन् ।
परिवारका अनुसार आफ्नै काका लालु चौधरीले अस्मितालाई झारफुक गर्ने झाक्रीसँग फूलपाती सेलाउन कोशी नदी जान करकाप गरेको र विराटनगरका झारफुक गर्ने दिनेश मण्डलले बाइकमा राखेर कोशी लगेका थिए ।
सोही दिनदेखि उनी घर नआएकाले खोजीका लागि परिवारले अपिल गरेका छन् ।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रवीन्द्र थापाले अहिले परिवारजनले प्रहरीमा मानव अपहरण तथा शरीर बन्धकमा दुई जनाविरुद्ध जाहेरी दिएपछि अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले अहिले उनीहरूको खोजी गरेको तथा अनुसन्धान सुरु गरेको जनाएको छ । १८ दिन बितिसक्दा समेत अस्मिताको अवस्थाबारे खुल्न नसकेको थापाले बताए ।
अस्मितालाई कोशी लाने भनिएपनि लालु र दिनेशले बीच बाटोबाटै विराटनगर पु¥याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले प्रहरीले पनि बेपत्ता किशोरीको तस्वीर सार्वजनिक गरेर खोजीका लागि अपिल गरेको छ ।














Discussion about this post