झापा : झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संग्लग्न आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी भएका १२ थान मोटरसाइकलसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।
चोरी भएका मोटरसाइकलको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न आठजनालाई पक्राउ गरी सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेहरूमा टिकुली नगरपालिका ५ सप्तरीका २७ वर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका ५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका ८ का १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका ५ का १८ वर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका ३ का १९ वर्षीय कुमार राजवंशी, १८ वर्षीय सुमन बिहारी र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका समूहले अशोक विहारीको अर्जुनधारा नगरपालिका ८ कदमगाछीमा रहेको ग्यारेज भित्रबाट र अर्जुनधारा १० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप कारबाही तथा अुनसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post