विराटनगर : विराटनगर महानगरपालिका ११ बाट अबैध रूपमा भण्डारण गरेर राखेको खाद्यान्नका सामग्रीहरू प्रहरीले बरामद गरको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ मा रहेको शिवम् गणपती ट्रेडिङको गोदाममा भन्सार छलेर चोरी पैठारी गरी अबैध रूपमा भण्डारण गरेर राखेको खाद्यान्न बरामद गरेको हो ।
बिना बिलको अन्दाजी ६ लाख ७१ हजार रुपैयाँ बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरासहित २०५ बोरा खाद्यान्नका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद भएका उक्त सामग्रीहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post