इटहरी : इटहरीमा मोबाइल पसल तोडफोड गरी चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार जेठ १५ गते राति इटहरी ९ स्थित मोबाइल पसलको सटर फोडेर करीब तीन लाख बराबरको मोबाइल चोरी भएको थियो ।
प्रहरीले सीसी टिभी फुटेजमा आधारमा चोरीमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक गरेको डीएसपी खड्काले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ९ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन् । तामाङलाई जेठ २० गते र मगरलाई जेठ २६ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई आज (शुक्रबार) जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।
इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सपना मोबाइल सेन्टरमा पसल तोडफोड गरी मोबाइल पसलमा चोरी भएको थियो । सञ्चालक खड्ग श्रेष्ठका अनुसार १५ वटा मोबाइल सेट चोरी भएको थियो ।












Discussion about this post