इटहरी : इटहरीमा पाहुना आएका एक वृद्व एक सातादेखि हराएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भोजपुरबाट इटहरी १ आँपगाछीमा पाहुना आएका वृद्व हराएपछि खोजीका लागि अपिल गरिएको छ ।
भोजपुर ५ बाट इटहरी १ स्थित खेमान सिंह तामाङको घरमा पाहुना आएका ६३ वर्षीय लक्ष्मीप्रसाद तामाङ गत जेठ २२ गतेदेखि हराएका हुन् ।
पारिवारिक स्रोतका अुनसार उनी साँझ ६ बजेदेखि हराएका हुन् । उनी त्यति बोल्न नसक्ने पनि परिवारले जनाएको छ ।
उनलाई कसैले देखे, भेटेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नका लागि इटहरी प्रहरीले आह्वान गरेको छ ।














Discussion about this post