इटहरी : सुनसरीको कोशी गाउँपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट १८ वर्षीय युवकको मृत्यु भएको छ ।
दुर्घटनामा ६ जना घाइते भएका छ्न् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा पैदलयात्री स्थानीय १८ वर्षीय श्रवणकुमार मेहता रहेका छन् ।
आइतबार (आज) बिहान ८ बजे पश्चिमतर्फ जाँदै गरेको को २ च ३९९२ नम्बरको स्कारपियो गाडीले पैदलयात्री मेहतालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका पैदलयात्री मेहताको उपचारको क्रममा विराट–नरसिंह होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियोमा सवार रहेका चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post