ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ ट्याम्फुमा पहिरोमा परेर सासुबुहारीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
बर्षातको कारण गएको पहिरोले स्थानीय उद्योग अधिकारीको ३ तले घर र गोठ पुरिएर पूर्ण रूपमा क्षति हुँदा सासुबुहारीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, उनका छोरा ३५ वर्षीय बिष्णु अधिकारी घाइते भएका छन् ।
घटनास्थलमा प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटिइ नेपाली सेनाको हेलीकप्टरद्वारा घाइतेको कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण वडाभरिका ३० घर परिवार विस्थापित भएका छन् ।
परिवारका अरु सदस्य झापामा भएकाले घरमा आमा छोरो र बुहारी गरी तीनजना मात्रै बस्दै आएका थिए ।














Discussion about this post