संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिका ५ मा रहेको माया खोला हाईड्रोपावरमा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
मंगलवार बिहान हाईड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका १२ घर भएका ३९ वर्षीय रोमनकुमार चन्दको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post