झापा : झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटी सफारीलाई सोहि दिशा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिदाँ मेचीनगर ९ का ४३ वर्षीय रमेश कटवालको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।














Discussion about this post