झापा : झापाको कमल गाउँपालिका ६ स्थितमा सिटी सफारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मे १ ह ६३१० नम्बरको सिटी सफारी अनियन्त्रित भइ दुर्घटना हुँदा सफारीमा सवार मोरङ उर्लाबारी नगरपालिका ८ का ३२ वर्षीय डिल्लीराम घोर्सानेको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सिटी सफारी र चालक दमक नगरपालिका १० झापाका लिलाबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिए्र थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post