झापा : झापाको गौरादह नगरपालिका ९ बैगुनधुरास्थित नालीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
स्थानीय ४१ वर्षीय बुध्दराम हेमरन घरबाट काम गर्न भनेर हिँडेकोमा बेलुकासम्म घर नआएपछि खोजतलास गर्ने क्रममा घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुबेर मृत अवस्थामा फेला पारिएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।




















Discussion about this post