झापा : झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ना ७ ख ८७३५ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकललाई राति ११ः२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दमक नगरपालिका ९ बिजुली अफिसछेउमा बस्ने अन्दाजी ३८ वर्षीय दीपक नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै ट्रक चालक झापाको बाह्रदशी गाउँपालिका ६ का ४३ वर्षीय डम्बरबहादुर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।














Discussion about this post