इटहरी : इटहरीमा मोबाइल किन्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई तरहराबाट पक्राउ गरेको छ ।
असार १० गते साँझ इटहरी ६ मा दीपक कायस्थले सन्चालन गरेको कम्युनिकेशन मोबाइल पसलमा मोबाइल किन्न गएर ठगी गरेको आरोपमा तरहराबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज २ बाँकेका ४२ वर्षीय सन्तोष शर्मा रहेका छन् ।
शर्माले मोबाइल पसलमा आएर आफू ओमसाई मनकामना आरोग्य सेन्टरको डाक्टर रहेको बताउँदै स्यामसुङ कम्पनीको ए३३ मोबाइल किनेर पैसा नदिई फरार भएको डीएसपी खड्काले बताए ।
“ओमसाई मनकामनामा लगेर आफू बिल पास गरेर आउने भन्दै फरार भएको सूचनाका आधारमा हामीले पक्राउ गरेका हौ,” डीएसपी खड्काले भने, “यसरी ठगी गर्ने व्यक्तिलाई हामीले इटहरी २० तरहराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका हौं ।”
उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शर्मामाथि जिल्ला अदालत सुनसरीबाट थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post