खोटाङ : खोटाङमा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका १६ वर्षीय बालक पक्राउ परेका हुन् । उनी बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
उनले सोही गाउँकी ५ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।
बालिका आफ्नै घरमा खेलिरहेका बेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए ।
परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका ५ शप्तेश्वरबाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
पक्राउ परेका बालकलाई जबरजस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post