रामधुनी : सुनसरीको रामधुनी नगरपालिका ३ सिंघिया स्थित नहरको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार (आज) दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडेर पानीमा डुबेका थिए ।
उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगेकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post