इटहरी : सुनसरीमा मानव बेचबिखन दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सुनसरीबाट मानव बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार प्रतिवादीहरु दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आज सुनसरी जिल्ला अदालतको आदेशमा कैद भुक्तानको लागि सुनसरी जिल्ला कारागार पठाइएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरका ३७ वर्षीय दिलकुमार बल तामाङ र धरान उपमहानगरपालिका वडा नं. २ का ३० वर्षीय यादव बस्नेत रहेका छन् ।
उनीहरु दुवैलाई ६ दिन कैद सजाय गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।














Discussion about this post