संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ६ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
चैनपुर ६ स्थितमा बरुण हाईड्रोपावरको ३३ केभिए प्रसारण लाईन मर्मत गर्ने क्रममा हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका ३ दाङका २५ वर्षीय दीपक न्यौपानेको करेन्ट लागेर मृत्यु भएको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post