मोरङ : मोरङको केरबारीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीले नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा उत्खनन गर्ने ४ वटा टिपर र ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
आइतबार (आज) मोरङको केराबारी गाउँपालिका ३ मा रहेको हचुवा खोलाबाट नदीजन्य पदार्थ ढुङ्गा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ढुंगा लोड भएको को १ त ५२५३, मे १ त ५१०५ र को २ त ७७८२ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ति टोलीले उर्लाबारी नगरपालिका ४ बाट बा ५ ख ३८०७, मे १ ख २८२४, प्रदेश १–०२–००१ ख ८६९५, प्रदेश १–०२–००१ ख ८५५२ नम्बरको टिपर र प्रदेश १–०४–००१ त ४२०, प्रदेश १–०१–००१ त ८५३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














Discussion about this post