झापा : झापाको भद्रपुर नगरपालिका ५ का १८ वर्षीय मोहम्बद प्यारेलाई मोबाइल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ ।
असार २४ गते राति पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट पसलभित्र रहेका विभिन्न कम्पनीका २९ थान मोबाइल, घडी २ थान र नगद रु ६१,५००।– गरी जम्मा ५ लाख बराबरको चोरी गरेको खुलेको थियो ।
पक्राउ परेका उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा घरबाटै ८० राउण्डे पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post