रामधुनी : सुनसरीको रामधुनी नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइलले बाटो काट्दै गरेको अवस्थामा स्थानीय ६० वर्षीया रुकमी सरदारलाई ठक्कर दिँदा घाइते भएकी सरदारको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक रामधुनी ९ का अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post