झापा : झापाको भद्रपुर नगरपालिका ३ धिमेलधुरा बस्ने सितु सापकोटाका ११ वर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ ।
स्थानीय देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका बालकको इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post