झापा : झापाको भद्रपुर नगरपालिका ७ का ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा मेचीनगर नगरपालिका ४ स्थित आमडागीमा रहेको इलाम टि प्रोडुसर प्रालिको भवन बनाउने क्रममा मजदुर रहेका राजवंशी सोही निर्माधीन भवन नजिकै रहेको खोल्सीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post