खोटाङ : खोटाङमा १३ वर्षीय बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका ३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ।
मावली घरमा बसेर कक्षा ९ मा पढ्दै गरेकी बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लगाउदै राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।
प्रहरीका अनुसार पहिलोपटक ०७८ चैत २९ गते बलात्कार गरेको र पुनः ०७९ असार ३० गते जबरजस्ती गर्ने प्रयास गरेको जाहेरीमा उल्लेख छ ।



















Discussion about this post