मोरङ : मोरङको लेटाङ नगरपालिका १ साक्फाराकी एकजना वृद्धा महिलाको शव खोला किनारमा फेला परेको छ ।
घरबाट एक सातादेखि बेपत्ता भएकी ६१ वर्षीया मनमाया मगरको शव रदुवा खोलाको किनारमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार सडेको शव पोस्टमार्टम समेत गर्न सक्ने अवस्थाको थिएन । पोस्टमार्टम गर्नसक्ने अवस्था नभएपछि कानुनी प्रक्रिया पूरा गरेर स्थानीय जनप्रतिनिधिको रहोवरमा अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post