धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिकाको बैठक स्थगित गर्न माग गर्दै नेकपा एमालेका कार्यपालिका सदस्य कार्यपालिका बैठकबाट बाहिरिएपछि कार्यपालिकाको बैठक स्थगित भएको हो ।
दिउँसो साढे १ बजेबाट सुरु भएको कार्यपालिका बैठकमा एमाले संसदीय दलका नेता नरेश इवारमले बैठक स्थगित गर्न माग राखेका थिए । मेयर हर्क साम्पाङले बैठक स्थगित नगर्ने सङ्केत गरेपछि एमालेका कार्यपालिका सदस्यहरू बैठकबाट बाहिरिएका थिए ।
उनी बाहिरिएसँगै दुई कार्यपालिका सदस्य, नगर प्रमुख र उपप्रमुख धारणा रहेकापछि बैठक स्थिगित भएको हो ।
बैठकबाट बाहिरिएका १५ नम्बर वडाध्यक्ष इवारामले मेयर साम्पाङका सामाजिक सञ्जालका पछिल्ला अभिव्यक्तिहरूले धरानमा द्वन्द्व बढाउने सङ्केत देखिएकोले पहिला निराकरण हुनुपर्ने र सहज वातावरण भएपछि मात्रै कार्यपालिका बैठक बस्नुपर्ने एमालेको धारणा रहेकोले बैठक स्थगित गर्न माग गरिएको बताए ।
मेयर हर्क साम्पाङ र निवर्तमानउपमेयर मञ्जु भण्डारीका विषयमा सामाजिक सञ्जालमा दोहोरी चर्किरहेको बेला बसेको बैठन कोरम नपुगे पछि स्थगित भएको हो ।
धरान उपमहानगरपालिकाको महत्त्वपूर्ण विषयमाथि शुक्रबार छलफल गर्नुपर्नेमा यसरी बैठक बहिस्कार गरेर बाहिरिनु दुःखद भएको उपमेयर आइन्द्रविक्रम बेघाले बताए ।
कांग्रेस तथा माओबादीका वडाध्यक्षहरूले भने बैठक स्थगित गर्नुपर्ने कारण खुलाएर छलफल गर्नुपर्ने धारणा राखे ।














Discussion about this post