इटहरी : सप्तकोसी नदीमा पानीको बहाब बढेपछि ३३ वटा ढोका खुल्ला राखिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुल्ला गरिएको हो ।
शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।
पहाडी जिल्लाहरूमा निरन्तर वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह बढेकाले कोसीमा पानीको बहाब बढेको हो ।
शनिबार दिउँसो प्रशासनले सप्तकोसी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलन गर्दै सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अर्थात् हाई–अलर्ट अपनाउन आग्रह गरेको थियो ।
पूर्वी पहाडी जिल्लामा अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको हो ।
कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाब धान्नसक्ने बताएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रूपमा लिने गरेका छन् ।














Discussion about this post